वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेका सल्यानका एक युवकको मृत्यु भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरी कावासोती नगरपालिकाले आधारभूत तह खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ ।
गत केही दिनदेखिको अविरल वर्षा रोकिएसँगै घरभन्दा तल सुखा पहिरो जाँदा दोलखाको तामाकोसी गाउँपालिका–१ जोगीटार काली दहका दुई घर अति जोखिममा परेका छन् ।
टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बन्नुभएको छ । राई शिक्षण पेसा छाडेर चार वर्षअघिदेखि अग्र्यानिक तरकारीखेतीमा लाग्नुभएको हो ।
अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् ।
पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्लाबाट भागेका ४१ मध्ये दस जना कैदीबन्दी अझै फरार रहेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ ।
शुक्लागण्डकी नगरपालिका–४ मा जिपको ठक्करबाट घाइते एक बेबारिसे व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा लगिएको छ । जिपको ठक्करबाट घाइते नामथर वतन नखुलेका उनलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् बिहीबार हेम्जास्थित मानव सेवा आश्रम लगिएको हो ।
नेपाल नवीन राजनीतिक परिवेशबाट अगाडि बढ्दै छ । लोकतान्त्रिक मूल्य र मर्मको प्रवर्धन गर्न सुशासन र भ्रष्टाचारमुक्त शासन पहिलो सर्त हो । केही वर्षयता मुलुकमा सुशासनको अभाव खट्कँदै गएको आमगुनासो बढिरहेको थियो ।
मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ ।
इतिहासकै अँध्यारो शून्यता । भव्य अन्योल अनि उथलपुथलबिच फेरि देश एक पटक चुनावको सँघारमा धकेलिएको छ । अप्रत्याशित अनि भयानक भुमरीबाट चुनावको यो बाटोले देशलाई एउटा उज्यालो निकास दिने छ भन्ने आशाबाहेक अहिलेको अवस्थामा अर्थोक सोच्ने वा त्यसमा अलमलिने समय छैन ।
जाजरकोटको छेडागाड नगरपालिका ५ र १२ जोड्ने छेडा खोलामा बेलीब्रिज सञ्चालनमा आएको छ । छेडागाड नगरपालिकाको कार्यालय समेत रहेको मनघाट बजारमा बेलीब्रिज सञ्चालनमा आएपछि छेडाखोलामा यातायात सञ्चालन गर्न सहज भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।