• २४ असोज २०८२, शुक्रबार

छेडाखोलामा बेलीब्रिज सञ्चालन

blog

छेडागाड ५ र १२ जोडने छेडाखोलामा निर्माण भएको बेलीब्रिज । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, असोज २४ गते ।
जाजरकोटको छेडागाड नगरपालिका ५ र १२ जोड्ने छेडा खोलामा बेलीब्रिज सञ्चालनमा आएको छ । छेडागाड नगरपालिकाको कार्यालय समेत रहेको मनघाट बजारमा बेलीब्रिज सञ्चालनमा आएपछि छेडाखोलामा यातायात सञ्चालन गर्न सहज भएको हो ।

पूर्वाधार विकास काार्यलय जाजरकोटले उक्त बेलीब्रिज निर्माण भएपछि सवारी साधनलाई छेडाखोला वारपार गर्न सहज हुनुको साथै दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न सहज भएको छ ।

छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले छेडा खोलामा बेलीब्रिज निर्माण भएपछि स्थानीयलाई निकै सहज भएको बताउनुभयो । बेलीब्रिजले सवारी साधन सिधै आवजावत गर्न सहज हुनुको साथै दैनिक उपभोग्य बस्तुको आपूर्तिमा सहज भएको उपप्रमुख थापाको भनाइ छ ।

वडा न. १२ का वडा अध्यक्ष प्रेमबहादुर खत्रीले बेलीब्रिज पुल निर्माण भए पछि सेवा ग्राहीहरु लाई सेवा प्रवाहमा सुविधा पुगेको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख भुपेन्द्रप्रसाद जैसीले अज निर्माण सेवा धुम्वाराही ४ काठमाडौँले एक करोड ९६ लाख ७१ हजार रुपियाँमा निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । शम्झौताको निर्धारीत समयभित्रै निर्माण कम्पनीले सम्पन्न गरेको उक्त बेलीब्रिजको लम्वाई ४५ मीटर र २० टन भार क्षमता रहेको समेत कार्यालय प्रमुख जैसीले बताउनुभयो ।

बेलीब्रिज सञ्चालनमा आएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुनुको साथै यातायातका साधनवाट सिधै सेवा सञ्चालन गर्न निकै सहज भएको स्थानीय झलक आचार्यले बताउनुभयो ।