नेपाल विद्युत् प्राधिकरणले आफ्ना आयोजना निर्माणका लागि २० अर्ब रुपियाँसम्मको ऊर्जा बन्ड निष्कासन गर्न अनुमति पाएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा बन्ड जारी गर्ने गरी अनुमति दिएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
तम्घास–सिमिचौर–राङ्गवास–खज्र्याङ्ग सडक एक महिना बन्द हुने भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घास गुल्मी मार्फत राजेश्वरी कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको काम गरिएको छ ।
दसैँ सकिएसँगै पछिल्ला दिनमा काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन र यात्रुहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ ।
अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७६ पैसा र बिक्रीदर १४२ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।
इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य हुन लागेको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजाको युद्ध अन्त्यतर्फको ‘पहिलो चरण’ को सम्झौतामा सहमति भएको घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा १५ औँ महाधिवेशनकेन्द्रित विमर्श भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सुरु भएको बैठकमा मङ्सिरमै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र साङ्गठनिक रूपान्तरणमा जाने भन्ने सन्दर्भमा परामर्श भएको हो
गृह मन्त्रालयले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमविपरीत ठुलो सङ्ख्यामा लिँदै आएको अतिरिक्त सुरक्षाकर्मी फिर्ता गराएको छ ।
नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका डा. टीकाराम पोखरेलको ‘अन्त्यारम्भ’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ ।
प्रधानमन्त्री सुशील कार्कीले युवाहरूले गरेको राजनीतिक क्रान्तिलाई आत्मसात गर्न आग्रह गर्नु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार जानकारी गराएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हक मर्न नदिने बताउनु भएको छ ।
आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ। बिहीबार मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।