• २४ असोज २०८२, शुक्रबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असोज २४ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७६ पैसा र बिक्रीदर १४२ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ६७ पैसा र बिक्रीदर १६५ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ५८ पैसा र बिक्रीदर १९० रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ र बिक्रीदर १७७ रुपियाँ ७५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ५० पैसा र बिक्रीदर ९३ रुपियाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ६१ पैसा र बिक्रीदर १०२ रुपियाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ४० पैसा र बिक्रीदर १०९ रुपियाँ ८६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९० पैसा र बिक्रीदर १९ रुपियाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७९ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९ रुपियाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६२ पैसा र बिक्रीदर ३३ रुपियाँ ७७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९९ पैसा र बिक्रीदर १५ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०५ पैसा र बिक्रीदर २२ रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २२ पैसा र बिक्रीदर १८ रुपियाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ०३ पैसा र बिक्रीदर ४६५ रुपियाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपियाँ र बिक्रीदर ३७७ रुपियाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपियाँ १९ पैसा र बिक्रीदर ३६९ रुपियाँ ७५ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस