• २३ असोज २०८२, बिहिबार

करेन्ट लागेर युवकको मृत्यु

blog

विनय कर्ण 

कल्याणपुर (सप्तरी), असोज २३ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर–१ घर भएका २८ वर्षीय दिपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।

परियारले आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते अवस्थामै उहाँलाई कञ्चनपुर अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । शव पोस्टमार्टम गराएर परिवारजनको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।