नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने केन्द्रीय सदस्यहरूले जेनजी विद्रोहका सन्दर्भमा गहन समीक्षा गरी त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो ।
विश्व शान्ति स्थापनाका लागि नेपालले संयुक्त राष्ट्रसङ्घमा आफूलाई पुरानो र भरपर्दो सहयोगी राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको छ । राष्ट्रसङ्घको ८० औँ स्थापना दिवसका सन्दर्भमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पञ्चकालीस्थित वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रमा शान्ति स्थापनार्थ तैनाथ रहँदा वहन गर्ने विविध जिम्मेवारीबारे नमुना अभ्यास प्रस्तुत गरेको छ । सो समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले विश्व शान्ति स्थापनामा नेपाल राष्ट्रसङ्घको भरपर्दो र प्रतिबद्ध मुलुक रहेकाले विश्वव्यापी शान्ति तथा सुरक्षा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
निर्वाचन आयोगले नेपाली सेनासहित चार वटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्न सुझाव दिएको छ । निर्वाचनको वातावरण बनाउन सुरक्षा पहिलो सर्त रहेको बताउँदै राजनीतिक दलहरूले सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दै आएका पनि छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ ।
सगरमाथा आरोहण आफैँमा जोखिम र चुनौतीपूर्ण यात्रा हो । सगरमाथा चुचुरोमा पहिलो मानव पाइला पुगेको ७२ वर्षमा धेरै कीर्तिमान कायम भएका छन् । सगरमाथाको चुचुरोमा एकै जनाले दर्जनौँ पटक आरोहण गरेको, दुवै खुट्टा गुमाएकादेखि विभिन्न प्रकारका फरक क्षमता (शारीरिक अपाङ्गता) भएका र दृष्टिविहीनसम्मले चुचुरो चुमेर संसारलाई मानवीय साहस र क्षमता देखाइसकेका छन् ।
खोटाङमा थपिएका नयाँ मतदातामा ९० प्रतिशत जेनजी युवा रहेका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लामा हालसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् ।
दाङमा प्रहरीले खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका –५ र बागलुङको ताराखोला गाउँपालिका –४ को सिमानामा रहेको पर्यटकीय स्थल तिनचुलेले पर्यटकलाई आकर्षित गर्दैआएको छ ।
नेकपा (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रको स्वाधिनता र हितमा बोल्ने पार्टी नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । आज एमाले जिल्ला कमिटी सोलुखुम्बुले आयोजना गरेको नवौँ पूर्ण बैठक तथा वृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ।
एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो।
नेपाली कांग्रेसका नेताहरुले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका इलामका तीन व्यक्ति सम्पर्कमा आएका छैनन् ।
इन्टनेटको तार मर्र्मत गर्नका लागि बिजुलीको पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएका एक कर्मचारीको उपचारका क्रममा मृत्यु भएको छ ।