एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको छ। मकवानपुरस्थित खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हरायो।
नेपाली कांग्रेसका नेताहरुले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले राजीनामा दिनुपर्ने माग गरेका छन्।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएका इलामका तीन व्यक्ति सम्पर्कमा आएका छैनन् ।
इन्टनेटको तार मर्र्मत गर्नका लागि बिजुलीको पोलमा चढेको बेला करेन्ट लागेर घाइते भएका एक कर्मचारीको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानवीय मूल्य र नेपाली समाजलाई भताभुङ्ग पार्न खोजिएको अवस्थाबाट मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
गत साता भएको झरीले लमजुङमा ३१२ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र लमजुङले गरेको तथ्याङ्क संकलनबाट जिल्लामा ३१२ दशमलव पाँच क्षेत्रफलमा लगाइएको धानबाली झरीबाट क्षति पुगेको पाइएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताउनुभएको छ।
जिल्ला अस्पताल उदयपुरमा १० दिनअघि मृत्यु भएका एक अपरिचित मानिसको अझै सनाखत हुन सकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ।
नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको ८० औं स्थापना दिवस बिहीबार विशेष कार्यक्रम आयोजना गरी मनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई प्रधानमन्त्री सुशीला कार्कीले स्वागत गर्नुभएको हो ।
म्याग्दीको मङ्गला गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता वडा नम्बर २ लाम्पाटा स्थित मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सुरु भएको हो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरूलाई सुझाव दिनुभएको छ ।
अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।