अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकी अर्बपति तथा न्युयोर्कका पूर्व मेयर माइक ब्लुमबर्गले आफ्नो परोपकारी संस्था ब्लुमबर्ग फिलान्थ्रोपीजमार्फत मिथेन ग्यासको उत्सर्जन घटाउने उद्देश्यले १० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गर्नु भएको छ ।
झापाका विभिन्न प्रहरी कार्यालयबाट लुटिएको मध्ये एक थान इन्सास हतियार फेला परेको छ ।
पाकिस्तानले सीमापार आतङ्कवाद अन्त्य गरी युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले तेस्रो चरणमा बिहीबार इस्तानबुलमा अफगान तालिबान प्रतिनिधिसँग पुनः वार्ता सुरु गर्ने तयारी गरेको जनाइएको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्नुहुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदको काम देश बनाउने र थिती बसाल्ने भएको बताउनुभएको छ ।
सिराहाको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा सुखीपुर–१०, दहीपौडीको स. १ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा ढुवानी गरिरहेको बेला प्रहरीले एम्बुलेन्ससहित नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध मुद्दा दर्ता भएको छ ।
विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ ।
दिल्लीमा वायु प्रदुषका कारण श्वासप्रश्वास जन्य रोग जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगबाट पीडित बिरामीको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकले बिहीबार बताएका छन् ।
नेपाली कांग्रेसभित्र आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न हरेक क्रियाशील सदस्यले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रस्ताव गरिएको छ ।
अफगानिस्तानमा महिला कर्मचारीलाई कार्य अनुमती नदिएको कारण संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले हेरात प्रान्तको इस्लाम काला सीमामा आप्रवासीका लागि निर्धारित सबै सेवा स्थगित गरेको घोषणा गरेको छ ।
गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरी बाहुनपानीस्थित कुलबहादुर ओलीको घरमा झुण्डाएर राखिएको मकैको झुत्ता।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवाश्यक रहेको बताउनु भएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)का मालिकले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीररूपमा विचार गर्न थालेका छन् ।