गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिंदै गर्दा सरकारले फाल्गुन २१ गते हुने चुनावमा नयाँ प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका सबै नेपाली नागरिकलाई विदेशबाटै कसरी आफ्नो मतदानको अधिकार प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायबिच छलफल गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
नक्कली भुटानी शरणार्थी ठगी कसुरमा सङ्लग्न फरार प्रतिवादी निराजन भन्ने निरन्जन कुमार खरेल पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी दुधे रंगशालामा आज हुने झापा महिला गोल्डकपको फाईनल खेलमा उपाधि रक्षा गर्ने दुई विभागीय टीम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले दावी गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नियमित महाधिवेशन या विशेष महाधिवेशन गर्ने विषयमा सर्वसम्मत निर्णयका लागि निरन्तर छलफल हुँदै आएको छ।
डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत पर्ने भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड अस्थायी रूपमा बन्द हुने भएको छ ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको बाँधस्थल ।
गुल्मीदरवार गाउँपालिका –१ बोटे गाउँकी ५० वर्षीया दिलकुमारी बोटे मृत अवस्थामा फेला पर्नुभएको छ । प्रहरीका अनुसार बोटे कात्तिक २१ गते घरबाट कोही कसैलाई जानकारी नदिइ हिडेको र त्यसयता सम्पर्कविहीन भएको परिवारले जनाएको थियो।
पारीपट्टी झलल देखिने मनास्लु हिमश्रृङ्खला छ । वरिपरि हरियाली अर्गानिक फलफूल र तरकारी खेती । बारीमा चरिरहेका स्थानीय जातका कुखुरा, हाँस र कालिज छन् । यहाँ आउँदा जो कोही पनि मोहित बन्छन् ।
पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।
दाङमा प्रहरीले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, स्याङ्जाको २४ औं साधारणसभा तथा नवौं अधिवेशनले जगत गौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ ।
भोजपुरको अरुण गाउँपालिका –४ चरम्बीस्थित रणबहादुर भुजेलको घरमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।