आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही र बाँकेमा मतदाता नाम दर्ता गराउनेको भिड तीव्र रूपमा बढिरहेको छ । जिल्लास्थित निर्वाचन कार्यालयहरूमा दैनिक जसो नयाँ मतदाता बन्नका लागि लाइन लाग्ने गरेका छन् । जसमा अधिकांश नयाँ पुस्ताका युवा रहेका छन् ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । वेल्ट हङ्गर हिल्फेको सहयोगमा जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)द्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शाहले ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गर्दा नेपाल र त्यसमा कर्णालीले सुधार्नुपर्ने कुरा मार्गनिर्देशन भएको बताउनुभयो ।
विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् ।
तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो ।
नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिलेनै निर्माण सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
गत भदौ २३ गते काठमाडौँमा जेनजी समूहको आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण नगरपालिका–८, तर्ताङका २९ वर्षीय प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ । गत भदौ २३ गते संसद् भवनअगाडिको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर उहाँ ढल्नुभएको थियो । उहाँको बायाँ खुट्टामा गोली लाग्दा गम्भीर चोट पुगेको थियो । त्यहीबेला उहाँले लगाएको सेतो रङको जुत्ता भिडभाडमा छुटेको थियो । रगत लतपतिएको उहाँको त्यो जुत्ता जेनजी विद्रोहको ‘आइकन’ बन्यो र अझै पनि चर्चा सेलाएको छैन ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादव (महोत्तरी) लाई नियुक्त गरिएको छ ।
जाजरकोटका तीन वटा सरकारी कार्यालयले दुई वर्षदेखि एउटै भवनबाट सेवा दिन बाध्य छन् । २०८० कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले भेरी नगरपालिका–३, थाप्लेमा रहेको मालपोत कार्यालय र नापी कार्यालयको भवन भत्किएपछि अहिले शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा सरेर सेवा दिइरहेको छ । भेरी नगरपालिका–४, बोहोरागाउँमा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा मालपोत कार्यालय र नापी कार्यालयले सेवा दिन बाध्य भएको छ ।
नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ ।
बर्सौंपछि सुर्खेत मेडिकल कलेजको निर्माण प्रक्रिया अघि बढेको छ । यो वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न लागिएको छ । आर्थिक वर्ष २०७४/७५ मा सरकारले मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको थियो । मेडिकल कलेज स्थापनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र गुरुयोजना तयार पारिएको छ । सरकारले २०७९ असार २९ गते गुरुयोजना स्वीकृत ग¥यो । यसै गरी २०८० मङ्सिर ७ गते वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको थियो ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ ।