इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएकाे छ ।
पश्चिम नवलपरासीमा भगवान् गौतम बुद्धको एक मात्र मौलिक अष्टधातु रहेको ऐतिहासिक रामग्राम स्तुपसँगै जोडिएको महत्त्वपूर्ण पुरातात्विक तथा बौद्ध स्थल सम्भावित संघाराम क्षेत्र पहिचानमा आएपछि त्यहाँ बौद्ध भिक्षु तथा उपासकहरूको गतिविधि र चासो बढ्न थालेको छ ।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ ।
हालैको ठूलो हिमपातपछि केही दिन सुस्त बनेको मनाङको पर्यटन गतिविधि पुनः सामान्य गतिमा फर्किन थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज सोमबार बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ।
नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ ।
कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।
श्रीलङ्काको कोलम्बोमा आइतबार भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।
गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन् ।
जिल्लाको मायादेवी गाउँपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।
शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको छ ।
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ ।