• २४ कात्तिक २०८२, सोमबार

क्रिकेटर पूजा जनकपुरको ‘फेस अफ द बोल्ट्स’

blog

महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतो ।

काठमाडौँ, कात्तिक २४ गते । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ ।

पूजालाई जनकपुरले दोस्रो पटक निरन्तरता दिएको हो । कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सले मौका दिएकोमा धन्यवाद दिनुभयो ।

सहकार्यसँगै जनकपुरलाई पुन: च्याम्पियन बन्न शुभकामना पनि दिनुभयो । कार्यक्रममा एनपिएलका जनकपुरले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

जर्सीको क्रिकेटर पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल ल्युब आयल लिमिटेडका एमडी करण चौधरीले सार्वजनिक गर्नुभयो । ल्युब आयलले जनकपुरलाई प्रायोजनसमेत गरेको छ ।