• २४ कात्तिक २०८२, सोमबार

बेपत्ता बालिकाको शव दुई दिनपछि मर्थी खोलामा फेला

blog

नारद कोहार

तौलिहवा (कपिलबस्तु), कात्तिक २४ गते । जिल्लाको मायादेवी गाँउपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बेपत्ता भएकी बालिकाको शव मायादेवी गाँउपालिका–१ र शुद्धोधन गाउँपालिका सिमानामा रहेको मर्थी खोलामा फेला परेको बताउनुभयो ।

मृतक अमितकुमार ओझाको दुई वर्षीया छोरी मान्सा ओझा रहेको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । मान्सा कात्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिइन ।

बालिकाको शव घरदेखि तीन किलो मिटर दक्षिण मर्थी खोलामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।