सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली काेरिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र अवस्थामा पुगेको छ ।
राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।
गुल्मी जानका लागि बसपार्क आउनुभएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउनुहुन्छ । “काठमाडौँ मात्र नभई निःशुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।
डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे घण्टा बन्द हुन लागेको हो ।
दाङको देउखुरीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले सम्झौता अनुसार गढवा गाउँपालिका–५ गढवाबाट किसानसँग धान खरिद गर्न सुरु गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके र बर्दियामा निर्माणाधीन र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गरिएको छ ।
आगामी फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ता गराउनेहरुको विशेष घुइँचो लाग्दै आएको छ ।
मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा गाउँगाउँका कृषकहरु कोदो टिप्न, ठटाउन र सुरक्षित गरिरहेका हुन् ।
झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक निजी अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
कालीकोट जिल्लाको सदरमुकाम जोडिएको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत यथाशिघ्र पठाउन सर्वत्र आवाज उठेको छ ।
गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक बस्ने प्रदेशसभा सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद भएका बताउनु भएको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।
गोरखाको सहिद लखन गाउँपालिकाले सोमबार सार्वजानिक बिदा दिएको छ । गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमीको अवसरमा विशेष पूजा तथा मेला लाग्ने भएकाले आज बिदा दिने निर्णय गरिएको हो ।