• २४ कात्तिक २०८२, सोमबार

मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद : कांग्रेस महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद भएका बताउनुभएको छ । 

सोमबार बिहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले नागरिक पङ्क्तिमा सङ्घीयताप्रती थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘१६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको ‘प्रहसन’लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।’’

आइतबार राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्नुभएको हो ।  

प्रदेश प्रमुख भण्डारीले बर्दिबास सिन्धुलीको सिमानास्थित बर्दिबास ३ कालापानी पानस कटेजमा नियुक्तिपत्र प्रदान गर्नुभएको थियो । मधेशको मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरिएपछि यस्तो प्रक्रिया आएको हो ।