मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१–८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ ।
गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका –४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरु घाइते भएका छन् ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
मोरङको पथरीशनिश्चरे–३, स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गीनी समूहले हराउँदैगएको सांस्कृतिक धरोहर सङ्गीनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ ।
धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्ररूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ ।
भारी हिमपात र अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय बेँसी झरेका छन् ।
अपाङ्गता भएका महिलाको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
ताप्लेजुङका सुरक्षा प्रमुखहरूले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँसहित सुरक्षा प्रमुखहरुको टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ ।
पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ ।
दक्षिण कोरियाली अभियोजनकर्ताले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् ।
उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहबिच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अभ्यासका लागि भारत भ्रमण गर्ने भएको छ ।