कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषकको मनोबल उच्च राख्न सरकारले कृषिमा आधुनिकीकरण तथा प्रविधिको उच्चतम प्रयोग गरी कृषकलाई प्रोत्साहन हुने गरी गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ ।
कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ ।
असोज दोस्रो साता आएको बाढी र डुकानका कारण मधेश प्रदेशमा झन्डै १३ करोड रुपियाँ बराबरको माछामा क्षति भएको छ । बाढीका कारण मधेश प्रदेशका आठ वटै जिल्लामा १२ करोड ९४ लाख ८२ हजार २५० रुपियाँ बराबरको माछामा क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नेपालका उद्योगमाथिको आशङ्का हटेसँगै भारतले नेपाली प्लाइउड निकासीमा सहजीकरण गर्न थालेको छ । नेपाल प्लाइउड उद्योग महासङ्घका अध्यक्ष होम घिमिरेका अनुसार पछिल्लो समय भारतको ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) खुला गरेको र नेपालका थप सात उद्योगलाई बिआइएस प्राप्त भएको छ ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीमा सञ्चालनमा रहेका क्यासिनोमाथि निगरानी कडा बनाएको छ । राजस्व छली र लाभकर तिर्ने/नतिर्ने विषयमा स्पष्टता ल्याउन कार्यालयले नौबुँदे प्रश्न पठाउँदै क्यासिनोलाई तीन दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।
नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।
सार्वजनिक सेवा प्रसारणको प्रथम वार्षिकोत्सवका अवसरमा आइतबारदेखि सार्वजनिक सेवा प्रसारण नेपालको अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ को प्रसारण सुरु भएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सेवाको आइतबारदेखि शुभारम्भ गर्नुभएको हो ।
जेनजीले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको सहभागीले बताएका छन् । विवेकशील साझा पार्टीले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जेनजी स्वतन्त्र वैकल्पिक शक्ति गोलमेच’ अन्तर्क्रिया कार्यक्रममा वैकल्पिक पार्टीका नेता र जेनजी नेताले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने मत राख्नुभएको हो ।
नेपाल ट्रस्टको जग्गा भाडामा लगाउँदा भएको हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको छ । सिआइबीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई शनिबार पक्राउ गरी अनुसन्धान थालेसँगै झन्डै एक दशकदेखि चर्चामा रहेको नेपाल ट्रस्टको जग्गा हिनामिनाबारे नयाँ तथ्य बाहिर आउने सम्भावना बढेको छ ।
विघटित प्रतिनिधि सभामा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का सदस्यले पुनस्र्थापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन् । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेका दुई दलका निवर्तमान सांसदले विवाद अदालतमा पुगिसकेपछि हस्ताक्षर सङ्कलन सुरु गरेका हुन् ।
शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको जनाएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका –४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदैगरेको बाप्र ०१–०२७ च ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी –४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।
जेनजी युवा पुस्ताले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको सहभागीहरुले बताएका छन् ।