जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार आइतबार दिउँसो आगलागी भएको भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय विजय पाख्रिन घाइते हुनुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताउनुभएको छ।
युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले पत्रकारलाई ढुक्कसँग सञ्चारकर्म गर्न र कतैबाट असुरक्षित महसुस भए युवा संघ नेपाललाई भन्न आग्रह गर्नुभयो।
सप्तरीको छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहर बस्तीमा हैजा पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन् ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) को एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतवार ४ हजार रुपियाँले बढेर प्रतिमन एकलाख २ हजार रुपियाँमा कारोबार भएको हो ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गर्नुभएको छ।
तनहुँको घिरिङ गाउँपालिका–१, कालीगण्डकी नदी तथा नदी किनारमा रहेको पुट्टारको बस्ती र खेती ।
शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त हुनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षका प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ ।
समाज रुपान्तरण गर्नका लागि यतिबेला बाजुराका विभिन्न गाउँ बस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ गरिएको छ ।
हङकङ सुपर सिक्सेसअन्तर्गत बाउल लिगको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग ४३ रनले पराजित भएको छ ।