• २३ कात्तिक २०८२, आइतबार

स्याङ्जामा 'देवकोटा काव्य उत्सव' सम्पन्न

blog

देवकोटा काव्य उत्सवमा सहभागी साहित्यकारहरु ।

राधाकृष्ण डुम्रे

वालिङ(स्याङ्जा), कात्तिक २३ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ गरिएको छ । 

स्याङ्जा साहित्य प्रतिष्ठान, कालिका पुस्तकालय, भीरकोट नगरपालिका–७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजनामा तथा भीरकोट नगरपालिका– वडा ७ को सहयोगमा उत्सव गरिएको हो । 

स्याङ्जाको पहिलोपटक आयोजना गरिएको देवकोटा साहित्य उत्सवमा स्याङ्जाली मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए ।

यस्तै, गजलकारहरु लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजङ्ग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले गजल वाचन गरेका थिए ।

त्यसैगरी कविहरु चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा, शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर के.सी., राजेन्द्रकुमार श्रेष्ठ, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजङ्ग बानियाँले कविता वाचन गरेका थिए ।

देवकोटा साहित्य उत्सव– २०८२ का संयोजक तथा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव युवाकवि मिलन समीरले सहजीकरण गर्नुभएको थियो । 

सो अवसरमा भीरकोट नगरपालिका–७ का वडाध्यक्ष ताराप्रसाद अर्याल,स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार राना, कालीका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्याल,डोलराज पौडेल लगायतले बोल्नुभएको थियो । 

वि.सं.२०५२ सालमा स्थापना भएको स्याङ्जा साहित्य प्रतिष्ठानले आफ्नो मुखपत्रको रुपमा रजस्थल साहित्यिक त्रैमासिक पत्रिका प्रकाशित गर्दै आएको छ । कालिका पुस्तकालयको स्थापना वि.सं. २०२६ साल जेठ २६ गते प्रेमनारायण अर्यालको अध्यक्षतामा भएको हो ।