शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २३ गते । नक्कली भुटानी शरणार्थी ठगी कसुरमा सङ्लग्न फरार प्रतिवादी निराजन भन्ने निरन्जन कुमार खरेल पक्राउ परेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/८० दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरको अनुसन्धानको क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनी ठगी कसुरमा सङ्लग्न भइ नगद तथा चेकमार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी, कीर्ते र सङ्गठित अपराधनमा सङ्लग्न रही भागी फरार भएका थिए ।
रौतहट फतुवा हर्साह–९ स्थायी वतन भएका वर्ष ४२ को खेलललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारवाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको प्रहरीले जनाएको छ ।