सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा भएको कुटपिटबाट एक युवकको ज्यान गएपछि प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
भिरमा अड्किएको मुसिकोट नगरपालिका–१ पौदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्रीको शव सशस्त्र प्रहरीले निकालेको छ । एक सातादेखि वेपत्ता खत्री शुक्रबार मृत फेला पर्नु भएको थियो ।
सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गुल्मीमा देशकै नमुना तीनमुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमूना तीन मुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।
सप्तरीको राजगढ गाउँपालिकामा पोखरीमा डुबेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मलेकपुरस्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीय ९५ वर्षीया लडुवती देवी मण्डलको मृत्यु भएको हो ।
प्रहरीले भारी परिमाणको नियन्त्रित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तीन हजार थान लागुऔषध ट्रमाडोल ट्याब्लेटसहित बारा निजगढ नगरपालिका ७ का २७ वर्षीय मुकेश दर्लामीलाई हिजो शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
सिन्धुपाल्चोकमा इसाई धर्मावलम्बीहरुको २४१ वटा मण्डली विस्तार भएको छ । बाह्रबिसे नगर इसाई समाजको तेस्रो अधिवेशनका क्रममा उक्त सङ्ख्यामा इसाई धर्मसम्प्रदायको मण्डली विस्तार भएको जनाइएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधनप्रति दुःख व्यक्त गरेको छ ।
शैलुङ गाउँपालिकामा निर्माणाधीन शैलुङ मिनी ग्रेटवालप्रति पर्यटक आकर्षित बन्दै आएका छन् । शैलुङडाँडामा फैलिएको ग्रेटवालमा हिँड्दै हिमाल र शैलुङको सौन्दर्य नियाल्न पर्यटक लोभिने गरेका छन् ।
गाउँघरतिर मानिसले के भन्दा होलान् भनेर सन्तमानको मनमा खुल्दुली भएको धेरै भएको थियो । केही बर्सै बितिसकेको थियो । गाउँलेले विजयको बारेमा गरेका नानाथरी कुरा सुनेकाले आफ्नो घरका बारेमा पनि
हिमवत्खण्डमा कालिञ्चोक क्षेत्रलाई तपोभूमिका रूपमा लिइन्छ । यो देवभूमि, तपोभूमि मात्र होइन; पुण्यभूमि पनि हो । सन्त महात्माहरू खप्तड बाबा, शिवपुरी बाबा, श्यामचेतन बाबा, नारायण गिरी, कालिञ्चोक बाबा
हिँड्दा ठेस लागिहाल्छ, नुहाउँदा केश झरिहाल्छ जहाँ लुकौँ जता भागौँ, एक दिन जानै परिहाल्छ ।
थाहै हुन्न रैछ कहाँ लान्छ जिन्दगीले पुर्दै गयो खन्दै खाडल जान्छ जिन्दगीले ।