आतङ्कवादी समूहद्वारा विद्यार्थीको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालय बन्द गर्ने आदेश दिएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरू एकसाथ अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।
पृथ्वी राजमार्ग पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरू भएसँगै मुग्लिन–पोखरा खण्ड शनिबार देखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको द्वन्द्व न्यूनीकरणमा आफैँले निर्वाह गरेको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्याउनुभएको छ ।
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता माविका बालबालिका प्रथम भएका छन् ।
अफ्रिकी भूमिमा पहिलो पटक आयोजना भएको समूह-२० (जी-२०) शिखर सम्मेलन शनिबार अत्यन्तै महत्वाकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित आरम्भ भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो ।
२३ वर्ष अगाडि तत्कालीन सुरक्षा फौजले श्रीमान् राजकुमार थारुलाई बाटो देखाइदिन भनेर लगेका थिए । राजकुमारको अवस्था अझै अज्ञात छ तर बाध्यताबस राजकुमारको परिवारले कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ ।
भारतको परम्परागत रणनीतिक संयमले गत दशकका प्रमुख आतङ्कवादी घटनाक्रम र जनस्तरका कडा अपेक्षालाई चुनौती दिँदै एक नयाँ, दृढ र प्रष्ट सुरक्षा सिद्धान्तका लागि मार्ग बनाइरहेको छ ।
शारदा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रम शनिवार शुक्रनगरमा सम्पन्न भयो ।
११औँ धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जित्नुभएको छ । हाफ म्याराथनको उपाधी पनि नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ ।
भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीले सुशासन, पारदर्शिता र जनमुखी सेवालाई प्राथमिकतामा राखेर नेतृत्व अघि बढाउने घोषणा गर्नु भएको छ।
भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुईदिने राजकीय भ्रमणका लागि शनिबार ढाका आइपुग्नुभएको छ ।