शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नारायणगढ समाचारदाता
नारायणगढ, मङ्सिर ६ गते । शारदा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रम शनिवार शुक्रनगरमा सम्पन्न भयो ।
प्रवाहको १६५ ओ शृङ्खला यो कार्यक्रम जन सांस्कृतिक महासङ्घ चितवनको आयोजनामा सम्पन्न भएको हो ।
महासघका अध्यक्ष पोषनाथ पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा १५ जना साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।