नेपाल सहकारी संस्था लिमिटेड राजविराजले सप्तरी जिल्ला अदालतलाई कम्प्युर प्रिन्टर सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका स्थानीयहरू भालुबाट आतङ्कित भएका छन् । दैनिक स्थानीयवासीको घरमै आएर क्षति गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए ।
गुल्मीको सत्यवती गाउँपालिकाको आयोजनामा पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ (भि.आइ.ए) शिविर सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ राजेको छ । टस हारेको लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –४, नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणीको कोल्टाडी निवासी चन्द्र सारु मगरको छोरा सलोनको मृत्यु भएको हो ।
बर्दियाको गुलरियामा आयोजित राष्ट्रपति रनिङ्गशिल्ड तथा आठौँ मेयरकप खेलकुद प्रतियोगिताको मुख्य आकर्षण थारू जातिको लठवा नाच बनेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका –९ मनकामना डाँडास्थित देउराली सामुदायिक वनको बाघमारा क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
उखु क्रसिङ सिजन सुरु हुने तयारीसँगै मुलुकभरका उखु उत्पादक कृषकहरूले अनुदान तथा समर्थन मूल्यका विषयमा सरकारसँग दबाब बढाउँदै आन्दोलनको घोषणा गरेका छन् ।
कैलालीको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ ।
कलैया–मलाही १६ किलोमिटर सडक खण्डको दयनीय अवस्थाका कारण बिहीबारदेखि नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन संघले पूर्णरुपमा सडक बन्द गरी आन्दोलन सुरु गरेको छ ।
विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।