रुसबाट बढ्दो सुरक्षा जोखिम र युरोपमा नयाँ द्वन्द्व भड्किन सक्ने चिन्ताबिच फ्रान्सले स्वैच्छिक आधारमा सैन्य सेवा पुनः स्थापना गर्ने निर्णय गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार घोषणा गर्नु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गर्नु भएको छ ।
श्रीलङ्कामा आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् ।
हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबारसमेत अग्नि नियन्त्रक निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।
दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीले पुष्टि गरेका छन् ।
पोखरा महानगर–१८, ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।
'सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइएकाे छ ।
काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।
सरकारले बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन ।
कालीगण्डकी ‘ए’ मस्य ह्याचरी सेवाले आँधीखोला र कालीगण्डकी ए, आँधीमुहान ड्याम साइडमा दुई लाख २८ हजार माछाका भुरा छोड़ेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–१ को विकट बस्ती गुर्जामा सडक पुर्याउन स्थानीयहरूले दस लाख रुपियाँ सहयोग गरेका छन् ।
मकवानपुरको हेटौँडामा भएको फरक–फरक सवारी दुर्घटनामा पाँच जना घाइते हुनुभएको छ । कान्ति लोकपथअन्तर्गत हेटौँडा उपमहानगरपालिका –५, क्याम्पा डाँडामा जिपले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते हुनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युतीय जोखिम न्युनीकरण गर्न विद्यार्थी सचेतना अभियान सुरु गरेको छ ।