बिहीबार बेलुका रुकुमपश्चिमको बाँफिकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तरविद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनको वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भएर जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफै सहभागी हुन आग्रह गर्नुभएको छ।
धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ।
नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताउनुभएको छ ।
नेपाल प्रहरीको मनोबल बढाउन सरकार लागि परेको छ । उनीहरुको आत्मसम्मान, निष्पक्षता र पेशागत स्वतन्त्रता सुनिश्चितामा सरकार प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनुभएको छ ।
जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ। एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन्।
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
म्यान्माका सैन्य शासक अर्को महिनाको आम निर्वाचनअघि देशभित्रको राजनीतिक वातावरणलाई नरम देखाउन तीन हजारभन्दा बढी राजनीतिक बन्दीलाई माफी दिने र पाँच हजार ५०० भन्दा बढीमाथि लागेको मुद्दा खारेज गर्ने निर्णयमा पुगेका छन् ।
उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) पार्टीले हिरासतमा रहनुभएका संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्य सम्बन्धी बढ्दै गएको ‘अफवाह’का बिच उहाँकै सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकार समक्ष अनुरोध गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ ।