नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो ।
भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ ।
काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ ।
पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् ।
नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।
औषधी व्यवस्था विभागको कार्यक्षेत्र बढिरहेको छ तर सीमित कर्मचारी र स्रोतसाधनले गर्दा विभागले दिने सेवा प्रभावित हुन पुगेको छ । विभागमा कार्यरत कर्मचारीमध्ये
बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो ।
हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।
बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा हिँडेपछि कृषि कार्य महिला मजदुरकै भरमा चल्दै आएको छ । अहिले धान भिœयाउने कार्यमा पनि महिला मजदुर नै सक्रिय छन् ।
नवलपुरको देवचुली नगरपालिकालाई पोषणमैत्री नगरपालिका बनाउने कार्यको थालनी गरिएको छ । देवचुली नगरपालिका देशकै दोस्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री पालिका समेत हो । अब यस पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्नेगरी काम अगाडि बढाइएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका–२,सिममा करिब तीन सय वर्ष पुरानो मौलिक घरहरुको संरक्षण गरिएको छ । स्थानीयवासी ध्रुवकुमार खत्रीले आफ्नो पुर्खाले मल्लकालीन वास्तुकला अनुसार निर्माण गरेका घरहरु संरक्षण गरेर राख्नुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
जाजरकोट केन्द्रबिन्दु भएको विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका अधिकांश भूकम्पपीडितले अझै पहिलो किस्ताको राहत रकम पाएका छैनन् ।