लहान समाचारदाता
लहान, मङ्सिर १२ गते । गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा हिँडेपछि कृषि कार्य महिला मजदुरकै भरमा चल्दै आएको छ । अहिले धान भिœयाउने कार्यमा पनि महिला मजदुर नै सक्रिय छन् ।
लहान–१९, कटहाका कृषक रामअधीन यादव भन्नुहुन्छ, “पछिल्लो समय कृषिमा यान्त्रिकीकरण हुँदा किसाानले राहत त महसुस गरे तर कृषि मजदुरको अभावमा चाहेको जति खेती गर्न समस्या देखिएको छ ।”
उहाँले यतिबेला धान खेतमा पानी जमेकाले कम्पाइन्डर मेसिनले धान भित्र्याउन समस्या भएका उल्लेख गर्दै भन्नुभयो, “गाउँमा प्रायः घरबाट काम गर्न सक्ने पुरुष वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूका परिवारका महिलालाई पनि कृषि मजदुरीमा दुःख नगर्न भनिरहेका हुन्छन् । त्यसैले मजदुर पाउनै मुस्किल पर्छ । मुसहर समुदायका मजदुरको भरमा जसोतसो खेती धानिएको छ ।”
युवालाई खेतीपातीमा आकर्षित गर्ने र वैदेशिक रोजगार नरोक्ने हो भने कृषि कार्य फस्टाउन नसक्ने अर्का कृषक अगुवा लहान–१३ का भगवानदत यादवको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बेमौसमी वर्षाले गहुँ र तरकारीबाली लगाउन समस्या भइरहेको छ ।”
सिराहाका १७ वटै पालिकामा कृषि मजदुरका रूपमा महिला नै सव्रिmय रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । उहाँको अनुसार यस वर्ष गत वर्षको तुलनामा २० प्रतिशत कम उत्पादन हुने अनुमान गरिएको छ । सिराहाका १७ वटै पालिकामा ५४ हजार हेक्टरमा धान उत्पादन हुने गर्छ । सिँचाइको व्यवस्था नभएको उत्तरी भेगमा कैयन् हेक्टरमा यस वर्ष धानबाली लगाउन नै नपाएका कारणले पनि उत्पादनमा ह्रास आउने प्रमुख महासेठले जानकारी दिनुभयो ।