• १३ वैशाख २०८३, आइतबार

पूर्व सभामुख महरा २० लाख धरौटीमा रिहा

blog

पूर्व सभामुख कृष्णबहादुर महरा।

काठमाडौँ, मङ्सिर ११ गते । उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले पक्राउ गरेको थियो । पूर्व सभामुख महराविरुद्ध भेपमार्फत सुन तस्करी गरेको आरोप लागेको थियो । 

“तत्काल प्रमाणहरूको आधारमा प्रतिवादीलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको अवस्थामा अदालतबाट थुनामा राख्ने गरी भएको असोज २९ गतेको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ”, उच्च अदालत पाटनले आज गरेको आदेशमा भनिएको छ ।