अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनुभएको हो ।
काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
लैङ्गिक हिंसा विश्वकै समस्या हो । यो हिंसा विभिन्न रूपमा देखा परेको छ । धनी तथा गरिब सबै मुलुकका लागि समस्या बनेको लैङ्गिक हिंसा कम गर्न विभिन्न कार्यक्रम सञ्चालित छन् । शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । स्रोतसाधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सा
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
सरकार र तत्कालीन नेकपा (माओवादी) बिच २०६३ मङ्सिर ५ गते भएको सम्झौतामा छ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिए पनि हालसम्म यो विषय टुङ्गिएको छैन ।
किसानले यो वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखु उत्पादक कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई भेटेर यस वर्ष २०८२/८३ को क्रसिङ सिजनमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ७५० रुपियाँ निर्धारण गर्न माग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो ।
आजकल बालबालिकाले धेरै समय मोबाइलमा बिताउने गरेको पाइन्छ । अभिभावकका लागि पनि बालबालिका भुलाउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावक धेरै छन् ।
जलवायु परिवर्तनको विश्वव्यापी असरसँगै नेपालको हिमाली क्षेत्रमा समेत पछिल्ला वर्षमा स्पष्ट तथा गम्भीर सङ्केत देखिन थालेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएको छ ।
वर्षौदेखि खानेपानीको चरम अभाव झेल्दै आएका सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीका स्थानीय घर घरमै खानेपानीको धारा झरेपछि दङ्ग परेका छन् ।