शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
निराजन परियार
चौमाला (कैलाली), मङ्सिर ११ गते । कैलालीको मोहना नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।
डुबेर गम्भिर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।