शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, मङ्सिर ११ गते । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका स्थानीयहरू भालुबाट आतङ्कित भएका छन् । दैनिक स्थानीयवासीको घरमै आएर क्षति गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।
नाम्खा गाउँपालिकाको छमध्ये पाँच वटा वडामा यतिबेला भालुको आतङ्क बढ्दै गएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताउनुभयो । दुई जना स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको छ । प्रत्येक दिनजसो चौरी लगायतका पशु वस्तुलाई मारिरहेको स्थानीयको भनाइ छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष पाल्जोर लामाका अनुसार तीन वटा भालुले स्थानीयलाई दुःख दिइरहेका छन् । मानिसहरु बेलुका साँझ परेपछि घर बाहिर निस्कन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।