नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशमा कृषि क्रान्ति गरेर कृषिमा आमुल परिवर्तन गर्नु जरुरी भएको बताउनुभएको छ।
वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैको भीरमा चरिरहेको घोडाहरु र पृष्ठभूमिमा देखिएको सेताम्मे हिमशृङ्खला ।
बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।
त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका –७, साफु धनकुटामा विभिन्न कार्यक्रम आयोजना गर्दै चासुवा पर्व मनाइएको छ ।
गुल्मी रेसुङ्गा नगरपालिका –४ मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शब फेला परेको छ । सेतो हरियो रङको चेक सर्ट माथि निक लेखेको कालो ट्रयाक र कालो पाइन्ट लगाएको पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।
नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनुभएको छ।
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
मंसिर महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै पौंदेलीको न्वागी मेलामा भजनको छुट्टै रौनक थियो । दौरा–सुरुवालमा सजिएका पुरुष र मगर भेषभूषामा सजिएका युवतीले भजन प्रस्तुत गर्दा दर्शकदिर्घामा नचरी लगाउनेको लर्काे थियो ।