बोमलाल गिरी
नवलपुर, मंसिर २० गते । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।
लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का क्लबको आयोजनामा वरिष्ठ विशेषज्ञ डाक्टरहरुको उपस्थितमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३ सय ९ जना पुरुष र ३ सय ५७ जना महिला गरेर ६ सय ६६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य शिविरमा २ सय ९३ जना मुटुरोगी, स्त्री तथा प्रसुतिसम्बन्धि रोगका ६८ जना, आँखा सम्बन्धि ८५ जना, दाँतसम्बन्धि ८५ जना, हाडजोर्नी सम्बन्धि ७५ जना, नाक, कान घाँटीका ७० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । ९२ जनाको भिडियो एक्सेरे र एकसय २० जनाको ईसिजी गरिएको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण गरेका सबै बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो । लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का ३२ वटा क्लबहरुको संयोजन, मौलाकालिका अस्पतालको प्राविधिक सहयोग तथा कावासोती नगरपालिका ११ नं वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । २०३२ पुस १४ गते स्थापना भएको विद्यालयले पुस १२–१४ गते स्वर्ण महोत्सव मनाउँदैछ ।