हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडासँगै विस्तार कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरामा डोजर लगाएको हो।
शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।
दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते हुनुभएको छ ।
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ।
कैलालीको धनगढीमा आज ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका –७ मा रहेको नवज्योती कृषि सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिक शेयर सदस्यसहित विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गरेको हो ।
नेपाली प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार नेकपा (एमाले)को ११ औँ महाधिवेशनको लागि नवयुग इ–बुलेटिन शुभारम्भ गर्नुभएको छ।
भक्तपुर दरबार स्क्वायर क्षेत्र ।
जडिबुटी सङ्कलक किसानलाई ओढारमा बास बस्नु पर्ने बाध्यता रहेको छ । वनमा बस्ने अन्य कुनै व्यवस्था नहुँदा दिनभर जडिबुटी सङ्कलन गर्ने र राति ओढारमा बास बस्नु परिरहेको हो ।
पहिलो पटक ४८ देशको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ ।
काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ ।
चिसो ह्वात्तै बढेसँगै उपल्लो मुस्ताङमा खोला, खानेपानीको धारासँगै बाटोमा पानी जमेको छ ।
कैलालीको मुक्त कमलरीहरूले आफ्नो मागसहितको ज्ञापनपत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएका छन् ।