शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, मङ्सिर २० गते । दाङको लमहीमा अज्ञात व्यक्तिले चलाएको गोलीले लमही नगरपालिका –५ लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलका सञ्चालक १६ वर्षिय दीपक सुनार घाइते हुनुभएको छ ।
लुटपाट प्रयास गर्ने क्रममा गोली चलाउँदा सुनार घाइते भएको लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार घाइते सुनारको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा घेरामा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ । दिउसै गोली चलेपछि स्थानीयहरु त्रसित भएका छन् । अज्ञात व्यक्तिबाट चलाइएको गोलीपछि स्थानीय व्यापारीहरूले बजारमा असुरक्षित भएको स्थानीय व्यापारी गणेश घिमिरले जानकारी दिनुभयो ।