राजन रावत
हुम्ला, मङ्सिर २० गते । जडिबुटी सङ्कलक किसानलाई ओढारमा बास बस्नु पर्ने बाध्यता रहेको छ । वनमा बस्ने अन्य कुनै व्यवस्था नहुँदा दिनभर जडिबुटी सङ्कलन गर्ने र राति ओढारमा बास बस्नु परिरहेको हो ।
सिमकोट गाउँपालिका–२ की कुन्डोला भण्डारीले यतिबेला वनमा जडिबुटी सङ्कलन गर्न जानु भएका सङ्कलक सबै राति ओढारमा बास बस्दै आएको बताउनुभयो ।
बिहान सवेरै खाना खाएर घाम लागेपछि वनमा जडिबुटी सङ्कलन गर्न जाने र दिनभर जडिबुटी खोज्नुका साथै साँझ ओढार भएको स्थानमा बास बस्ने गरिएको उहाँले बताउनुभयो । यतिबेला सिमकोट गाउँपालिका दोजाम, रलिङलगायत क्षेत्रमा जडिबुटी सङ्कलनका लागि खुला गरिएको छ ।
ठेहे र दोजाम गाउँका मात्र नभएर अन्य छिमेकी वडा तथा गाउँपालिकाका स्थानीय पनि जडिबुटी सङ्कलनमा लागि जानु भएको छ । जडिबुटी सङ्कलन गर्न जानु भएका दोजाम गाउँबका टैनुर्वु लामाले मङ्सिरको चिसोको प्रवाह नगरी जडिबुटी सङ्कल ओढारको वास बस्नु परेको बताउनुभयो ।
आढोरमा आगो बाल्ने र खाना पकाउने तथा राती सुत्दा भने ओढार भित्र जाने गरिएको उहाँले बताउनुभयो । कम्तीमा पनि पाँच सय भन्दा बढी स्थानीय जडिबुटी सङ्कलन गर्न ती बनमा गएको र अधिकांश ओढारमा वास बस्दै आएको र केही भने पाल टाँगेर बस्ने गर्दै आउनु भएको छ ।
जडिबुटी सङ्कलक एक महिनासम्म वनमै बसेर तीनदेखि पाँच लाख रुपियाँसम्म कमाउन किसान सफल हुने गरेको उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । अब किसान हिउ नपरुन्जेलसम्म वनमा जडिबुटी सङ्कलन गर्ने कार्य गरिरहनु हुनेछ । एउटै घरबाट मानिस हुने चार जनासम्म वनमा जडिबुटी सङ्कलन गर्न जानु भएको छ ।