शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २० गते । नेपाली प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २० रन बनायो ।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै अल्पेश रामजनीले ३३, कुशल मल्लले २३ र सैफ जइफले १७ रन बनाउनुभयो ।
बलिङमा पोखराका धनन्जय लक्ष्मणले तीन तथा विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक एक विकेट लिनुभयो । चितवन र पोखरा दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।