• २० मङ्सिर २०८२, शनिबार

ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान

blog

ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर २० गते । कैलालीको धनगढीमा आज ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका –७ मा रहेको नवज्योती कृषि सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिक शेयर सदस्यसहित विभिन्न क्षेत्रमा योगदान दिनेलाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा उपमहानगरपालिका –७ का साहेब रानाथारु, मानसा राना, कोशी प्रदेशको लेखापाल पाँचौ तहमा नाम निकाल्न सफल बिन्द्रा रानासहित असल ऋणी भगवान दिन राना, पानमती राना रहेका छन् । 

यसैगरी, सहकारी क्षेत्रमा योगदान दिने सीताराम राना, चनकबहादुर चौधरी, सुग्रिब राना, बासमती रानालाई पनि सम्मान गरिएको छ । ज्येष्ठ नागरिकलाई कम्बलसहित सम्मानपत्र प्रदान गरिएको छ । 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानासहित अतिथिहरुले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । २०६६ सालबाट २५ जना शेयर सदस्यबाट स्थापना भएको यो सहकारीको गत असारसम्मको निक्षेप सङ्कलन १७ करोड २७ लाख पुगेको अध्यक्ष मेघनाथ रानाले बताउनुभयो । सहकारीले ११ करोड ५९ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।