अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् ।
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ ।
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सरावल–५, धनगढवास्थित करिब दुई बिघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको हो ।सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्याएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्णरूपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैध रूपमा बस्दै आएका घरहरूलाई हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिए पनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरूको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कँहार र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको छ ।अब वर्ष भित्रै अस्पताल निर्माणको काम सुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ ।
गृह जिल्ला रुकुमपश्चिम आएको बेला प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ ।
बर्दिबास–जलेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक भएको छ ।
विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत विश्वका ज्वलन्त चुनौतीबारे बृहत् बहस गर्ने अपेक्षा गरिएको दोहा फोरम शनिबार सुरु भएको छ ।
सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ।
बडिमालिका नगरपालिकाको सहयोगमा, प्लान इन्टरनेशनल नेपाल र पीसविन नेपालद्वारा सञ्चालित ‘किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि’ परियोजनाअन्तर्गत सदरमुकाम मार्तडीमा सञ्चालन भएको सातदिने आवासीय तालिम शुक्रबार सम्पन्न भएको हो ।
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।
रौतहटमा शनिबार गरिएको राजमार्ग अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गराएको छ ।
दोस्रो भम्बक युनाइटेड कपको उपाधि एनवाइसी नरेठाँटी गल्कोटले हात पारेको छ ।
बनमा जडीबुटी सङ्कलक किसानहरुलाई ओढारमा बास बस्नुपर्ने बाध्यता छ ।