वसन्त पराजुली
नारायणगढ, मङ्सिर २१ गते । गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक भएको छ ।
राईको यो तेस्रो गीत हो ।२०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईको २०७९ सालमा मनमा बी राईको स्वरमा ‘सन्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक भएको थियो।
उहाँको ‘सन्चो छ कि रोदन’ गीतलाई २०८१ मा नवराज पराजुलीले स्वर दिनुभएको थियो ।गीतकार राईको शब्दलाई ओमप्रकाश राईले सङ्गीत भर्नुभएको छ ।
यो पाँच मिनेटको गीतको अडियो ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ मा पेमा शेर्पा राईले स्वर भर्नु भएको छ ।
गीतको एरेन्ज सन्तोष प्रगाड राई, इडिट वीरेन्द्र भाट विपिन र मिक्सिङ गोविन्द सोनीले गर्न भएको हो । गीतमा बिर्सनु परे पनि सम्झनाको डोरो नटुट्ने पीडायुक्त प्रेम व्यक्त भएको गीतकार राईले जानकारी दिनुभयो ।
१० बर्से शिक्षण पेसाको अनुभव सँगालेर २०७२ सालमा काठमाडौँ छिरेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पा, चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्।
गीतकार राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कलम चलाउनु हुन्छ। उहाँका बाल कथासङ्ग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्।‘आजका लघुकथा’(संयुक्त लघुकथासङ्ग्रह, २०७४) मा पाँच र ‘संयोग’ (संयुक्त लघुकथासङ्ग्रह,२०७९) मा उहाँका तीन लघु कथा सङ्ग्रह प्रकाशनमा छन ।