कैलालीको धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दैआएको सुदूरपश्चिम महोत्सव सोमबारदेखि सुरु हुदैछ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आइतबार मन्त्रालयको जिम्मेवारी तोक्दै मन्त्रिपरिषद् गठन गर्नुभएको हो।
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ ।
जेनजी आन्दोलानकर्मीको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेनजी आन्दोलनका अगुवाबिच गृह मन्त्रालयमा छलफल भएको छ।
पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौँ चेस क्लबमाथि जित निकालेको छ । ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेको छ ।
लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि लोप हुने अवस्थामा पुगेको कालानमक धानको संरक्षणका लागि बाँके बैजनाथका कृषक गंगानारायण चौधरी सक्रिय हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वन क्षेत्रमा सुधारको लागि आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने बताउनु भएको छ।
सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
आठ वर्षअघि रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० मा किचकिचे चिन्तु खानेपानी लिफ्ट सिँचाइ खानेपानी सुरु गर्दा यहाँका ११० घरधुरीलाई अब खानेपानीको सुविधा घरमै उपलब्ध हुने आशा पलाएको थियो ।
एक हजार ३० मिटरको उचाईमा अवस्थित टुँडिखेलबाट उत्तरतर्फ अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै दर्जनौँ हिमचुचुरा आँखैअगाडि देखिन्छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाटले माया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रतिष्ठान गण्डकीले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई एक सय ३० रनको सामान्य लक्ष्य दिएको छ ।
मुस्ताङको मार्फा गाउँ मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मुस्ताङ जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र मार्फा गाउँ र आसपासका क्षेत्र ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी (क्युएनए) का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।