म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङकी लालमति रोकाको सुन्तला बगैंचामा यो सिजनमा लटरम्म सुन्तला फलेका छन् । सुन्तलाको बोटले बगैंचा नै पहेँलपुर भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अन्तर मावि विद्यालय स्तरीय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१, केउरनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
समान जनसङ्ख्याको आधारमा संसदीय-प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग लगायत विभिन्न ३५ सुत्रिय माग राख्दै जनता समाजवादी पार्टी नेपाल महोत्तरीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६ धोत्राबेसीस्थित आलु रोपेको खेत । धान भित्र्याएपछि किसानले कतै आलु, कतै तरकारी खेती गरेका छन् ।
धनकुटाको चौबिसे गाउँ पालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ । आईतवार राजारानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरि सुधार गर्न निर्देशन दिइएको हो ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् ।
जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ ले महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइल फोन वितरण गरेको छ । वडा २ देविस्थानको टारीखेतका १० जना स्वयम्सेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन वितरण गरिएको वडा अध्यक्ष कुबिर बिकले बताउनुभयो ।
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो ।
नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ ।
चेज स्टेडियमममा आइतबार बिहान भएको फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ गोलले हरायो ।
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।