शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, मङ्सिर २१ गते । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घरबाट दुई तीन किलोमिटर पूर्वमा रहेको मध्यवर्ती ढकाहा सामुदायिक वनमा घाँस काट्न गएको बेला अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनु भयो । उहाँको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले बताउनु भयो ।