कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्य गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवन उपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो शिक्षाले अरूको बारेमा ज्ञान तथा सूचना त प्र
आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारीका साथ सरकार अगाडि बढिरहेको छ । निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण कार्यक्रम घोषणा गरिसकेको छ । यस्तो अवस्थामा जनता र लोकतन्त्रमाथि विश्वास गर्ने देशका राजनीतिक दलले आउँदो निर्वाचनलाई एउटा महापर्वको रूपमा ग्रहण गरी यसलाई सफल पार्नु आवश्यक हुन जान्छ ।
सप्तरी जिल्लाको कृषि महिलाले धान्दै आएका छन् । कृषिको अधिकांश काम महिलाले गर्दै आएका छन् । जिल्लामा उत्पादन हुने हरेक बालिमा सबैभन्दा बढी महिलाले श्रम खर्चिदै आएको स्थानीयको भनाइ ।
मौसम परिवर्तनसँगै नाक बन्द हुने, नाकबाट पानी बग्ने, घाँटी खस खस हुने, हाँच्छ्युँ आउने, स्वर भारी हुने, थकाइ लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता रुघाखोकीको मौसम सुरु हुन्छ । संसारमा रुघा नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्छ,
। निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
बिरुवा गाउँपालिकामा एक हजार ६०७ जना विद्यार्थीको मुख तथा दाँतको निःशुल्क परीक्षण गरिएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा तीन करोड ५८ लाख रुपियाँभन्दा बढी सङ्कलन भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल चलचित्र विकास बोर्ड स्वायत्त निकायका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार परिवर्तनसँगै बोर्डका पदाधिकारीले राजीनामा दिनुपर्ने र राजनीतिक आस्थाका आधारमा नयाँ पदाधिकारी नियुक्त हुने परम्पराले सम्पूर्ण चलचित्र क्षेत्रको विकास र प्रवर्धनमा असर पर्दै आएको जिकिर गर्नुभयो ।
दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबिच थप आर्थिक सहकार्य विस्तार गर्न आग्रह गर्नुभएको छ ।
स्याङ्जा प्रहरीले एकै दिन ६ ट्याक्टरलाई कारबाही गरेको छ । नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न रहेका ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गराएको हो ।
अधिकांश चिनी मिल पुस पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । प्रत्येक चिनी उद्योगमा अहिले मिलका उपकरण मर्मत, परीक्षण र कामदार जुटाउनेसहितका तयारी गरिरहेका छन् । सरकारले उखुको मूल्य तोकिसकेकाले चिनी उद्योगले पनि अब धमाधम मिल सञ्चालन गरेर उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका हुन् । सर्लाहीमा तीन वटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले मिल सञ्चालन गर्नुअघि गरिने डोङ्गा पूजा गरिसकेका छन् ।
यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
नेपालीको प्रमुख श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) ले श्रमिक भिसा प्रक्रिया खुकुलो बनाएको छ । नेपालमा पछिल्लो समयमा देशमा शान्तिसुरक्षा ठिक भइसकेको र देश निर्वाचनमय भएको सन्देश प्रवाह भएपछि युएई सरकारले नेपालीका लागि श्रमिक भिसामा खुकुलो गर्न थालेको हो ।