गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबिच बिहीबार निर्वाचन प्रणाली अन्तर्गत समावेशी समुहको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी आज ज्ञापनपत्र बुझाएको छ।
मिर्गौला पीडित ३१ वर्षीय प्रतापविक्रम हमाललाई हङकङबाट नौ लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताउनुभयो । बिहीबार ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित जिल्लास्तरीय पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता गजुरेलले सो कुरा बताउनुभएको हो ।
पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगाडि लु ३१ प ७५३१ नम्बरको मोटरसाइकललाई लु २ ख ३५४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
कालीकोट जिल्लाको शुभकालीका गाउँपालिकाको एक वर्षको बेरुजु तीन करोड ३२ लाख पुगेको छ। आर्थिक वर्ष २०८०-८१ को लेखा परीक्षणबाट तीन करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ थपिएसँगै हालसम्मको बेरुजु रकम २१ करोड १२ लाख ७० हजार ६९४ रुपियाँ पुगेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १३५ रनको चुनौती दिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताउनुभएको छ ।
पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी गाउँ र पृष्ठभूमिमा देखिएको जोमसोम एयरपोर्ट, पुथाङ बजार, एक्लोभाट्टि, एसियाकै पहिलो नम्बरमा रहेको पाँच तारे होटल सिन्तामनी र आसपासका पर्वतीय शृङ्खला ।
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो ।
पाकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीले शरणार्थी र आन्तरिकरूपमा विस्थापित परिवारलाई सहयोग गर्न नर्वेजियन अन्तर्राष्ट्रिय सहायता संगठनसँगको सम्झौता (एमओयू)मा हस्ताक्षर गरेको छ ।
धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ ।