ललितपुर, मङ्सिर २५ गते। मिर्गौला पीडित ३१ वर्षीय प्रतापविक्रम हमाललाई हङकङबाट नौ लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ।
दुई वर्षदेखि दुवै मिर्गौलामा समस्या भएर उपचार गराइरहनुभएका हमालको मिर्गौला प्रत्यारोपणका लागि सहयोग प्राप्त भएको हो। उहाँ सुमेरु अस्पतालमा हप्ताको दुई पटक डायलिसिस गराउँदै आउनुभएको छ। उहाँलाई हङकङबाट पयुँ खोला समाज हङकङका दुर्गा बहादुर थापा र श्रीमती शान्ति थापाको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो।
सहयोग रकम बिहीबार ललितपुरको धापाखेलमा एक कार्यक्रमको आयोजना गरी बिरामीलाई हस्तान्तरण गरिएको छ। हमालको उपचारका लागि हङकङ निवासी दुर्गा थापाको नेतृत्वले पर्वत क्लब हङकङका बटर फ्लाई भलिबल गेमका क्रममा सहयोग संकलन गरिएको थियो ।
रकम संकलनका लागि लक्ष्मी गुरुङ, राजकुमार श्रेष्ठ, महेश पुन, सन्तोष थापा, किरण गुरुङ, पुष्पा थापाले मिर्गौला पीडितको उपचारका लागि हङकङमा सक्रियता देखाउनुभएके थियो।
हमालको परिवारले थप सहयोग गरिदिन आग्रह गरेको छ।