प्रधानमन्त्री र जेनजी आन्दोलनका प्रतिनिधिबिच बुधबार भएको सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको जेनजी सम्झौताको निर्णय राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ ।
उच्च अदालतका न्यायाधीशको मर्यादाक्रमसमेत हेरफेर हुने गरी न्याय परिषद्ले गरेको नियमावली संशोधनका विवादित विषय दुई वर्ष तीन महिनापछि परिषद्ले नै खारेज गरेको छ । संशोधनविरुद्ध अदालतमा मुद्दासमेत विचाराधन छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले करार सेवामा कार्यरत सबै कर्मचारीलाई महँगी भत्ता दिन आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै करार सेवामा काम गर्ने कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन आग्रह गरिएको हो ।
नेपालका बक्सर चन्द्र थापामगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जित्नुभएको छ ।
साहित्यकार तथा पत्रकार सविन प्रियासनको ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ नामक कविता संग्रह सार्वजनिक भएको छ । पूर्ब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभयो ।
आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ । ललितपुरमा बिहबिार भएको फाइनलमा दोलखा चेस होम्सले दोलखाकै जिल्ला सङ्घलाई हरायो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा एपिएफ ट्रान्सपोर्टसँग गोलरहित बराबरीमा रोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसहित ७ जनामाथि घुस लिई–दिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ।
अस्ट्रेलियाको नर्थन टेरिटोरीमा (उत्तरी प्रदेश, एनटी)मा पहिलो पटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुनुभएको छ। ३० वर्षीय पौडेल आधिकारिक रुपमा अस्ट्रेलियाको नर्थन टेरिटोरी बारमा दर्ता हुनुभएको हो।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक पार्टीले जनताका मुद्दा उठाएनन् र देश विकास गरेनन् भन्नु भ्रमपूर्ण रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ।
नेपाल संस्कृत विश्वविद्यालय स्थापना दिवसका अवसरमा प्राध्यापक एवम कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरी विश्वविद्यालयमा २५ वर्ष सेवा गरेका ५१ जना प्राध्यापक एवम् कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेका हो ।
बागलुङ नगरपालिकास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि चिल्ड्रेन लाइफ बोर्डिङ स्कूलले जितेको छ । चिल्ड्रेनले २४ स्वर्ण १४ रजत र २१ कास्य गरी कुल ५९ पदकसहित राष्ट्रपति शिल्ड जितेको हो ।