राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
“छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी ।
बागलुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आगामी चैत महिनालाई ‘बागलुङ भ्रमण’ महिना बनाउने भएको छ । बागलुङ नगर पर्यटन समितिले चैतलाई ‘बागलुङ भ्रमण’ महिना बनाउन तयारी समेत थालेको छ ।
बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।
सर्लाहीको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपी, मोजा तथा विद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुआत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गर्नुभएको छ ।
पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क जाँच सेवा सञ्चालनमा ल्याइएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण थालेको हो ।
नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् एक सय आठ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।
धनकुटा नगरपालिका–७, स्थित बस पार्कबाट प्रतिबन्धित लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टीका नेता तथा कार्यकर्ता कार्यक्रमस्थलमा पुग्ने क्रम सुरु भएको छ ।
मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । विगत चार वर्षको अवधिमा चार हजार पाँच सय ८९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।