शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ ।”